पहिलो क्वाटरमा 'साउदी अराम्को' को नाफा ३० प्रतिशतले वृद्धि
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
193
Shares
काठमाडौँ। विश्वकै ठुलो तेल कम्पनी साउदी अराम्कोले पहिलो क्वाटरमा कम्पनीको कुल आम्दानी ३० प्रतिशतले बढेको छ। मङ्गलवार कम्पनीले रिपोर्ट जारी गर्दै गत वर्षको तुलनामा यो वर्ष कम्पनीको आम्दानी रिकोभर भइरहेको सङ्केत गरेको हो।
कोरोना भाइरसको महामारीका कारण गत वर्ष अरामकोको आम्दानी झन्डै आधाले घटेको थियो। यो वर्षको पहिलो क्वाटरमा २१.७ अर्ब आम्दानी गरेको छ। गत वर्ष भने कम्पनीले १६.६ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो।
फेब्रुअरी र मार्चमा कम तेल उत्पादनका बाबजुद पनि कम्पनीले राम्रो सङ्केत गरेको विश्लेषकहरूको भनाइ छ। कोभिड१९ को महामारी सुरु हुनुअघि सन् २०१९ को पहिलो क्वाटरमा कम्पनीले २२.२ अर्ब आम्दानी गरेको थियो।
सन् २०१९ मा झन्डै ८८ अर्ब आम्दानी गरेको अरामको ले महामारीका कारण सन् २०२ मा भने ४९ अर्ब मात्रै आम्दानी गरेको थियो। यो वर्षको पहिलो क्वाटरले भने शुभ सङ्केत गरेको छ । यद्यपि कोभिड१९ को महामारी जारी नै रहेका कारण अन्य क्वाटरको आङ्कलन भने गर्न सकिने अवस्था छैन।