कोरोनाबारे विवेकशील साझाले सुरु गर्यो दुई वटा हटलाइन
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
480
Shares
काठमाडौँ। कोरोना महामारीले मुलुक त्रस्त भएका बेला विवेकशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुई वटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
पार्टीले कोभिड १९ हेल्पलाईन नम्बर र कालोबजारी हटलाइन नम्बर गरी दुई वटा नम्बर तोकेको हो । मोबाइल नम्बर ९८१३५७७२०७ को कोभिड हेल्प लाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड सङ्क्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजन लगायतका बारेमा जानकारी लिन सक्नेछन् ।
हटलाइनमा उपलब्ध स्वयंसेवकहरूले विभिन्न निकाय र संयन्त्रसँग समन्वय गरी समस्या समाधान गर्न प्रयत्न गर्नेछन् ।
कोरोनाले मुलुक आक्रान्त भएका बेलामा सबै मिलेर सुशासन कायम राख्नुपर्ने अवस्थामा निषेधाज्ञासँगै कालोबजारी पनि मौलाएको समाचार आइरहेका बेला विवेकशील साझाले कालोबजारी विरुद्ध पनि हटलाइन सञ्चालनमा ल्याएको हो ।
कालोबजारीमा परेमा वा देखेमा मोबाइल नम्बर ९८६१३३४०५१ मा सम्पर्क गर्न सकिने भएको छ । नागरिकहरूका हरेक दुःखमा जोडिन पार्टीले हटलाइन सुरु गरेको हो । नागरिकका हरेक दुःखमा जोडिन पार्टीले हटलाइन सुरु गरेको हो ।