अस्पतालमा कुनै समस्या भए सोझैँ मन्त्रालयमा खबर गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
117
Shares
काठमाडौँ। कोभिड१९ को महामारीका समयमा अस्पतालहरूले बढी शुल्क लिएमा स्वास्थ्य मन्त्रालय एवं स्थानीय प्रशासनहरूमा जानकारी गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। महामारीको बेला एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्थामा समस्या बढाउने कार्य गरेको गुनासो आएको प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समस्या बढाउने, अनावश्यक शुल्क लिने जस्ता गैर कानुनी गतिविधि कुनै व्यक्ति वा संस्थाले गरेको खण्डमा स्वास्थ्य मन्त्रालय या स्थानीय प्रशासनमा जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो।
यस्ता गतिविधिहरूमाथि निगरानी भइरहेको र कडा भन्दा कडा कारबाही गरिने समेत मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।