भारतमा अत्यधिक कोरोना बढ्नुको कारण 'डबल म्युटेन्ट' हुनसक्ने
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
103
Shares
काठमाडौं। कोभिड१९ को महामारीको दोस्रो लहरमा अत्यधिक सङ्क्रमण फैलिनुको कारण डबल म्युटेन्ट कोरोना भाइरस हुनसक्ने आशङ्का भारतीय अधिकारीहरूले गरेका छन् ।
गत मार्चमा भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट डबल म्युटेन्ट फेला परेको थियो । डबल म्युटेन्ट भाइरस भन्नाले एकै भाइरसमा दुई किसिमको आनुवंशिक परिवर्तन आउनु हो ।
भारतका विभिन्न राज्यमा डबल म्युटेन्टका केसहरू धेरै नै भेटिएका छन् । भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले निष्कर्षमा नपुगे पनि डबल म्युटेन्टले सङ्क्रमण बढाएको हुनसक्ने अनुमान गरेको हो ।
विभिन्न राज्यबाट सङ्कलन गरिएका १३ हजार नमुनाको सिक्वैन्सिंग गर्दा आठ राज्यका ३५ सय नमुनामा चिन्ताजनक भेरियन्ट देखिएको हो । महाराष्ट्र, कर्नाटक, पश्चिम बङ्गाल, गुजरात र छत्तीसगढ़जस्ता राज्यहरूमा डबल म्युटेन्ट भाइरसको सङ्क्रमण बढी देखिएको छ ।
भारतमा बुधवार मात्रै ४ लाख भन्दा बढी सङ्क्रमित भेटिएका छन्, भने करिब ४ हजारको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको समाचार ब्रीफिंगमा बोल्दै के विजयराघवनले करोना भाइरसको सङ्क्रमण बढ्ने बताएका छन् ।
भारतीय स्वास्थ्य अधिकारीहरूले महामारीको तेस्रो लहर समेत आउन सक्ने बताएका छन् । नेपालमा समेत कोरोना भाइरसको डबल म्युटेन्ट देखिएका कारण यो चिन्ताको विषय हुन जाने देखिन्छ ।