लक्ष्मणलाल कर्णसहित चार सांसदलाई कोरोना : तीन मन्त्री आइसोलेसनमै
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
141
Shares
तस्बिर : फाइल
काठमाडौँ। बुधवार पिसिआर परीक्षणका लागि स्वाब दिएका प्रतिनिधि सभाका चार सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि हुनेमा जसपाका सांसद लक्ष्मणलाल कर्णसहित सांसदहरू रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन्।
बुधवार १ सय २८ जनाको स्वाब सङ्कलन गरिएकोमा सबैको रिपोर्ट आइसकेको छैन। संसद् सचिवालयका अनुसार रिपोर्ट आएका मध्येमा उनीहरूलाई सङ्क्रमण पुष्टि भएको हो।
२७ गतेका लागि आह्वान भएको संसद्को विशेष अधिवेशनका लागि सांसदहरूको पिसिआर परीक्षण गरिएको हो।
यसअघि नै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, ऊर्जा, जनस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना सङ्क्रमण भई आइसोलेसनमा छन्।