व्यापारीले कमिशन मागेर मात्र होइन राजनीतिक नेतृत्वले भाग खोज्दा खोप रोकियो : कमल थापा
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
198
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमिशन विवादले कोरोनाविरुद्धको खोप ल्याउने कार्य अवरुद्ध हुनु दुर्भाग्य भएको बताएका छन् ।
‘कोरोना महामारीबाट अकालमा जनताले ज्यान गुमाउनु परिरहेको बेला कमिशन विवादले खोप ल्याउने कार्य अवरुद्ध हुनु दुर्भाग्य हो,’ थापाले सामाजिक संजालमा लेखेका छन्, ‘व्यापारीले कमिशन मागेर मात्र होइन,त्यो कमिशनमा राजनीतिक नेतृत्वले आफ्नो पनि भाग खोजेको हुंदा खोप नआएको चर्चा छ ।अपराधीलाई कार्वाही गर्ने आँट गर्नुहोस् ।’
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिशनकै कारण खोप रोकेको खबर वाहिरिएपछि थापाको प्रतिक्रिया आएको हो ।
कमिशनको चक्करमा लागेर भारतमा आउन लागेको सिरम इन्स्टिच्युट अफ इन्डियाको १० लाख कोभिशिल्ड खोप रोकिएपछि नेपालमा ‘खोप कमिशन’को समाचारले सनसनी मच्चाइरहेको छ ।