राप्रपा अध्यक्ष कमल थापाले सुनाए कोरोनाको पीडा: अब सरकारको मात्र भर नपरौं
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
257
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना जितिसके पनि आफूले ठूलो पीडा भोग्नुपरेको बताएका छन् ।
कोरोना संक्रमित भएको बेलामा आफुले भोगेको पीडा उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै सचेत रहन आग्रह गरेका हुन् ।
आफू १० दिनसम्म आईसीयूमा बस्नुपर्दा र नातिसहित परिवारका सबै सदस्य संक्रमित हुँदा ठूलो पीडा र कष्ट भोग्नुपरेको भिडियोमा भनेका छन् ।
कोरोना महामारी अत्यन्तै विकराल र डरलाग्दो भइरहेको छ,’ मंगलबार बिहान सामाजिक सञ्जालमा सेयर गरेको भिडिओ सन्देशमा उनी भन्छन्, ‘केही समयअघि म आफैं पनि कोरोना संक्रमित भएर १० दिन आईसीयूमा बस्नुपर्यो। मेरो परिवारको ३ वर्षे नातिदेखि लिएर सबैजना संक्रमित भयौं। त्यसबाट परिवारले धेरै ठूलो पीडा र कष्ट भोग्नुपर्यो।’
कोरोनाबारे सचेत गराउँदै उनको सुझाव छ, ‘यो अवस्था कुनै पनि नेपालीको परिवारमा आइनलागोस् भन्ने म चाहन्छु। त्यसर्थ यसबाट बच्नको निमित्त सरकारको मात्र भर नपरी हामीले आफ्नो नागरिक दायित्त्व पनि निर्वाह गर्नुपर्छ।’
उनले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, साबुनपानीले मिचिमिचि हात धुन सबैमा आग्रह समेत गरेका छन् । कोरोनाको पहिलो चरणको महामारीमा उनको परिवार संक्रमित भएको थियो ।