एनआरएनएको आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन शुरु
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
653
Shares
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनको लागि प्रतिनिधि चयन शुरु भएको छ।
संघका महासचिव डा.हेमराज शर्माले विहीबार एक परिपत्र गर्दै पहिलो चरणमा संघका राष्ट्रिय समितिबाट छानिने ६५ प्रतिशत प्रतिनिधिहरू छनोट प्रकृया शुरु भएको जनाए ।
संघको वैधानिक व्यवस्थाअनुरूप राष्ट्रिय समन्वय परिषद्बाट छनोट हुने प्रतिनिधिमध्ये ६५ प्रतिशत राष्ट्रिय समितिको लागि छुट्याइएको डा. शर्माद्वारा जारी पत्रमा उल्लेख छ ।
प्रतिनिधिमा छनोट भएका मात्रैले मतदानमा भाग लिन पाउने प्रावधान रहेको उल्लेख गर्दै महासचिब शर्माले आगामी अक्टोबर, २०२१ मा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी चयनका लागि हुने निर्वाचनको मतदानमा सहभागी हुनेले आफ्नो पञ्जिकृत सदस्यता नविकरण गर्न पनि अनुरोध गरेका छन् ।
संघको संशोधित विधान २०२१ को दफा १३.७ र अनूसुची ६क मा महाधिवेशन प्रतिनिधिहरुको छनोट प्रक्रियाबारे उल्लेख गरिएको छ ।