arrow

एनआरएनएको मनोनयन दर्ता शुरु, नेतृत्वमा उठ्न १० लाख शुल्क

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका

logo
काठमाडौं
प्रकाशित २०७८ फागुन २३ सोमबार
test.jpg
जेठ ४ मै स्थानीय तहको निर्वाचन : प्रधानमन्त्री देउवा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट शुरु हुने भएको छ । संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि मंगलबार साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ । 

संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरूका लागि सात लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ तोकिएको छ ।

सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ ।
 



लोकप्रिय समाचार
नयाँ