देउवासँग भेटेर नेपाल शीतल निवासमा, होटेल मेरियटमा पौडेल, पाण्डे र भुसाल छलफलमा
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
178
Shares
माधवकुमार नेपाल (फाईल तस्विर)
काठमाडौं। नेकपा एमाले नेता माधव कुमार नेपाल कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनुअघि एमालेकै नेपाल समूहका दुई दर्जन बढी सांसदले सामूहिक राजीनामा दिने तयारी गरेको चर्चाबीच नेपाल पक्ष सबैको तानातानमा परेको छ।
पार्टीभित्रकै असहयोगले ओली सरकार ढल्ने अवस्था आएपछि राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी हुन् । राष्ट्रपति भण्डारीले नेता नेपाललाई पार्टी एकताका पक्षमा उभिँदै आत्मघाती बाटो नसमात्न आग्रह गर्ने शीतल निवास स्रोतले बतायो।
यही माथापच्चीकैबीच एमालेका दोस्रो तहका नेताहरू पार्टीलाई फुटबाट बचाउन मध्यमार्ग खोज्न लागिपरेका छन्। नक्सालस्थित मेरियट होटलमा एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल छलफलमा जुटेका छन्। यसअघि ईश्वर पोखरेल र योगेश भट्टराईबीच पनि संवाद भएको थियो।