आफूले चढ्ने बोलेरोलाई एम्बुलेन्स बनाउन दिए गाउँपालिका अध्यक्ष गड्सिलाले
प्रकाश बम,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
414
Shares
डोटी । बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले आफूले चढ्दै आएको गाडी एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । दोस्रो चरणको कोभिड–१९ को कहर बढेपछि बिरामी ओसार पसारको प्रयोजनका लागि एम्बुलेन्स बनाउने अध्यक्ष गड्सिलाले बताए ।
अध्यक्ष गड्सिलाले भने, महामारी बढ्दै गएमा गाउँपालिकामा एक मात्र एम्बुलेन्सले पर्याप्त सुबिधा दिन सक्ने अवस्था छैन । त्यसैले आफूले चढ्दै आएको बोलेरो जीपलाई एम्बुलेन्स बनाउने निर्णय गरेको हो ।
यस विषम परिस्थितिमा नेपाल सरकारले तोकेका सुरक्षा स्वास्थ्यका मापदण्ड पालन गर्नुका साथै सावधानी अपनाउनसमेत गाउँपालिकाले नागरिकलाई आह्वान गरेको छ ।