गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, राजीनामा स्वीकृत
हरि पन्त,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
147
Shares
तस्बिर : फाइल
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। गुरुङले केही बेरअघि प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।
उनी विरुद्ध प्रदेशसभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि सोमबार मतदान हुने कार्यसूची तय थियो । गुरुङले त्यसअघि नै राजीनामा दिएका हुन्।
आइतबार बसेको नेकपा एमाले गण्डकीको संसदीय दलको बैठकमा गुरुङले आफूले राजीनामा दिने निर्णय गरेका थिए। गुरुङले बुझाएको राजीनामा प्रदेश प्रमुख पौडेलले स्वीकृत गरेकी छिन्।
यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा नै मतदान हुने कार्यसूची थियो। तर त्यस बखत राष्ट्रिय जनमोर्चाका सांसद खिमीविक्रम शाही बेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो ।