काठमाडौं । संसदको विशेष अधिवेशन सकिएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संचारकमीहरुलाई जानकारी दिएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो । बैठकपछि ओली राष्ट्रपति भवन शीतल निवास गएको वालुवाटार स्रोतले जनाएको छ ।