राष्ट्रपति भण्डारीद्वारा बहुमतको सरकार गठनका लागि आव्हान
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
479
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आव्हान गरेकी छन्।
सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाउँदै पद मुक्त भएपछि संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन्।
राष्ट्रपति कार्यालयले सोमबार साँझ जारी गरिएको विज्ञप्तिमार्फत नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ।