झापा । पछिल्लो समय झापामा कोरोना संक्रमणका बिरामी दिनानुदिन बढ्दै गएका छन् । कोरोना संक्रमणबाट झापामा हालसम्म दोस्रो लहर बाट २८ जना सहित जम्मा १५८ जनाले ज्यान गुमाइसकेका छन् ।
जस अनुसार आज मङ्गलवार दमक नगरपालिका वडा न ६ का ५५ वर्षीय एक महिला र गौरादह नगरपालिका वडा न २ का ५५ वर्षीय एक पुरुषले ज्यान गुमाएका हुन । त्यसै गरी अर्का ज्यान गुमाउनेमा अर्जुनधारा नगरपालिकाका ५२ वर्षीय पुरुष रहेका छन् ।
हाल झापाको दमकमा ४ वटा अस्पतालमा कोरोनाका बिरामी हरूको उपचार भइरहेको छ ।दमकमा जम्मा आज मङ्गलवार ५१ जना कोरोनाका बिरामी हरूको उपचार भइरहेको कोभिड उपचार केन्द्रकी इन्चार्ज देवी दङ्गालले जानकारी दिएकी छन् ।
जस अन्तरगत कोभिड उपचार केन्द्र बेलडाँगीमा १५ जना ,आम्दा अस्पतालमा १२ जना ,लाइफलाइन अस्पतालमा ११जना र एड्भान्स अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
त्यसै गरी बिर्तामोड स्थित विएण्डसी अस्पतालमा हाल ५० जना संक्रमितको उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिएका छन् । जस अन्तरगत आइसियुमा २५, एचडीयूमा १२ र जेनेरल वार्डमा १३ जनाको उपचार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्ला भर १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये सबै भन्दा बढी ६० जना भद्रपुरका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जनाएका छन् ।