भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिड विरुद्धको पहिलो खोप दिइयो
एएनआई,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
101
Shares
नयाँ दिल्ली। भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका सङ्घीय स्वास्थ्य मन्त्री हर्षबर्धनले बुधवार जानकारी गराएका छन्।
यो वर्षको जनवरी १६ देखि खोप अभियान सञ्चालन गरिएको ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुवै खोप लगाएका उनले भिडियो कन्फरेन्स मार्फत विभिन्न राज्यका स्वास्थ्य मन्त्री सँगको छलफलका क्रममा बताएका हुन्।
उनले उत्तराखण्ड, हरियाणा, पन्जाब, विहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्य मन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारी विरुद्धको लडाइँमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ।
उनले केही समयदेखि भारत भरी सङ्क्रमण दर बढेको र यसको दबाब स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबिच महामारी विरुद्धको लडाइँमा अग्रसर रहन स्वास्थ्यकर्मी हरूलाई पनि आग्रह गरे।
उनका अनुसार भारतभर विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५५ हजार ३३८ रहेको र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि सोही अनुपात अर्थात् तीन लाख ४८ हजार ४१२ रहेको र यो सङ्ख्या आगामी हप्तामा क्रमशः घट्ने विश्वास व्यक्त गरे।