arrow

जीतबहादुरलाई मर्निङवाकमा गएका बेला हात्तीले मार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
Elephant-1-750x500.jpeg

सुरुङ्गा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी बिहीबार बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।  

उनलाई बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । रासस



लोकप्रिय समाचार
नयाँ