कार खरिदका लागि बिटक्वाइनलाई टेस्लाले स्वीकार नगर्ने : एलन मस्क
एजेन्सी,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
122
Shares
काठमाडौँ। बिटक्वाइनको प्रयोग गरेर गाडी खरिद गर्नबाट तत्काल टेस्लाले रोक लगाएको छ। टेस्लाका सीईओ एलन मस्कले ट्विट गर्दै यो जानकारी दिएसँगै टेस्लाको सेयर भ्यालु १० प्रतिशतले घटेको छ।
मार्चमा टेस्लाले बिटक्वाइनकै प्रयोगबाट कार खरिद गर्न सकिने बताएका थियो। तर, दुई महिनापछि जलवायु परिवर्तनको चिन्तालाई लिएर टेस्लाले बिटक्वाइनलाई स्वीकार नगर्ने निर्णय गरेको मस्कले ट्विट गर्दै जानकारी दिएका छन्।
बिटक्वाइन माइनरहरूले उत्पादन गर्छन्। माइनिङ गर्नका लागि जटिल किसिमका गणितीय हिसाबहरू कम्प्युटरबाट समाधान गर्नुपर्ने हुन्छ। यसका लागि निकै ठुलो क्षमताका कम्प्युटरहरूको आवश्यकता पर्छ।
जसका कारण विद्युतीय शक्ति मात्रै महँगो हुन जाँदा कोइला जन्य ऊर्जाको स्रोतको पनि प्रयोग हुन्छ। त्यसबाट उत्पन्न हुने कार्बन्डाइअक्साइडजस्ता ग्याँसहरूले जलवायु परिवर्तनमा ठुलो असर पुर्याउँछ। १ बिटक्वाइन माइन गर्नका लागि झन्डै ७२ टेट्रावाट विद्युत् खपत हुन्छ।