अमेरिकाद्वारा नेपाललाई थप स्वास्थ्य सामग्री प्रदान, हालसम्म झण्डै ४ करोड डलरको सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
208
Shares
तस्बिर : अमेरिकी दुतावासाको टुइटरबाट
काठमाडौं । कोभिड१९ को माहामारी बढ्दै गइरहेका बेला अमेरिकी रक्षा विभागले नेपाललाई थप मेडिकल उपकरणहरु प्रदान गरेको छ। माहामारी सुरुभएयता अमेरिकाले नेपालालई एक सय थान भेन्टिलेटर, १० हजार थान पीपीईलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ।
यसबीच बुधबार थप श्वासप्रश्वासमा मद्दत गर्ने उपरकण, पीपीई र हाइफ्लो अक्सिजन थेरापी उपकरणहरु प्रदान गरेको हो। यस्तै माहामारीसँग जुध्न अमेरिकाले नेपाललाई हालसम्म झण्डै ४ करोड डलर बराबरको सामग्री एवं रकम सहयोग गरिसकेको छ।
नेपाल स्थित अमेरिकी दुतावासाको फेक्ट सिटमा उल्लेख भए अनुसार महामारी सुरु भएयता अमेरिकाले नेपाललाई ३ करोड ९० लाख ९० हजार डलर सहयोग गरिसकेको छ।