arrow

३६ वर्षपछि अमेरिकाबाट नेपाल ल्याउन लागिएको मूर्ति नारायण मन्दिरमै राखिने

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
Laxmi-naryan.jpg

काठमाडौं । पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट ३६ वर्ष अगाडि चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । १२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

अमेरिकास्थित नेपाली दूतावासमा हालै आयोजित एक कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफविआईका उप सहायक निर्देशक टिमोथी एन डुनहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति हस्तारण गरेका हुन् ।

यो मूर्ति १९९० देखि टेक्ससको म्युजियममा राखिएको थियो । आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किएको थियो । तर अब मूर्तिलाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ । मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने सहमतिसमेत बनेको छ ।



लोकप्रिय समाचार
नयाँ