arrow

ओली-नेपाल छलफल शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
oli-nepal-meet-second.jpg
तस्बिर : सुर्य थापा

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल बिच भेटवार्ता सुरु भएको छ। नेपाल माथिको कारबाही फुकुवा गरेपछि नेता नेपाल अध्यक्ष ओलीसँग वार्तामा बसेका हुन्। स्रोतका अनुसार व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित निवासमा केही बेरअघि सुरु बैठक सुरु भएको हो । तर सो स्थानबारे सरकारी पक्षले केही खुलाएको छैन।

नेपाल पक्षीय नेताहरू आक्रामक रूपमा अघि बढ्दै गएपछि ओलीले स्थायी कमिटी बैठकमार्फत आज बिहान मात्रै नेपालसहितका चार नेतामाथि गरिएको कारबाही फुकुवाको निर्णय लिएका थिए।

बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
नयाँ