कोरोना कहर : अमेरिकाद्वारा नेपाललाई थप २७ लाख ५० हजार डलर सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
118
Shares
काठमाडौँ। अमेरिकाले नेपाललाई थप २७ लाख डलर सहयोग गरेको छ। अमेरिकी इन्डो प्यासिफिक कमान्डले कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि आज २७ लाख ५० हजार अमेरिकी डलर सहयोग गर्ने तुरुन्तै गर्ने भएको हो।
अक्सिजन उत्पादन प्लान्ट, तरल अक्सिजन भण्डारण ट्याङ्कर र अक्सिजन ढुवानी सिलिन्डर लगायतमा खर्च गर्ने उद्देश्यले सहयोग गरेको हो। योसँगै अमेरिकाले महामारीका बेला नेपाललाई विभिन्न क्षेत्रबाट दिएको सहयोग ५ करोड ९० लाख डलर पुगेको छ।