arrow

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
coronavirus-vaccine.jpg

काठमाडौँ । सरकारलाई संयुक्त राज्य अमेरिकाले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराए  । 

उनले कुन खोप र कति मात्रा दिने भन्ने कुरा विज्ञप्तिमा उल्लेख गरेका छैनन् । “कोभिड-१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ । यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ । साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

 यसअघि पनि कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । 



लोकप्रिय समाचार
नयाँ