नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद गैह्रेको निधन
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
520
Shares
विष्णुप्रसाद गैह्रे । (फाइल तस्विर)
काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद गैह्रेको निधन भएको छ।
काठमाडौं स्थित काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचाररत गैह्रेलाई श्वासप्रश्वासमा जटिल समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिदैं थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस कपिलवस्तुका महासमिति सदस्य विष्णुप्रसाद गैह्रेको निधन बिहीबार साँझ ५ बजेर ५० मिनेट जाँदा भएको अस्पतालले जनाएको छ।