कोरोनाको महामारीमा मानवीय सहायताका लागि एफएनसीसीआईको सञ्जालै परिचालित
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
435
Shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगका लागि आफ्नो सिंगो सञ्जाल नै परिचालित भएको जनाएको छ । कोभिडको दोस्रो लहरको महामारीका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको निषेधाज्ञा अहिले एक दुईवटा जिल्ला बाहेक सबैमा जारी रहेको सन्दर्भमा महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग जारी बन्दाबन्दी र निशेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा छलफल गरी सघाउका लागि सञ्जाल परिचालित गर्ने निर्णय गरेको हो ।
देशभर झण्डै ७० प्रतिशत उद्योग व्यवसाय कोरोनाका कारण प्रत्यक्ष प्रभावित भएको भन्दै महासंघले खाद्यान्न, स्वास्थ्यसंग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको उल्लेख गरेको छ ।
महासंघले सातै प्रदेशमा संजालहरु सक्रिय रहेको बताउँदै विज्ञप्तिमार्फत उद्योगी व्यवसायीहरुमाथि परेका पीरमर्का सबै खुलाएको छ ।