arrow

प्रमको गृह जिल्लामा रोकिएन तस्करी, निषेधाज्ञामै २४ लाखको अवैध सामग्री बरामद 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
taskari.PNG

झापा । निषेधाज्ञाको मौका छोपेर छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको नेपालको पूर्वी जिल्ला अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा तस्करी गर्नेहरू सक्रिय भएका छन् । 

विभिन्न समयमा सुरक्षा निकायले तस्करहरूलाई समाते पनि नेता तथा मन्त्रीहरूको आशीर्वादमा तस्करहरू छुट्ने गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । आज पुनः निषेधाज्ञा कै समयमा ठुलो परिणाममा भारतबाट नेपाल तर्फ अवैध सामग्रीहरू ल्याउँदै गरेको सूचना पाए पश्चात् जिल्लाको विभिन्न भागमा चेकजाँचका क्रममा सशस्त्र प्रहरीको २ नं गणले २४ लाख बराबरको अवैध सामग्रीहरू नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद सामग्रीहरू आज शुक्रवार  झापाको कमल गाउँपालिका ५ पाडाजुँगी र गौरीगञ्ज गाउँपालिका  ५ थापा चोकबाट अवैध मालसामान नियन्त्रणमा लिएको बताइएको छ ।

 भन्सार छलेर ल्याएको १ लाख ८६ हजार बराबरको ४६ बोरा चिनी र १५ बोरा सुर्ती , ५ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको २५० केजी माछाको भुरा र उक्त अवैध सामाग्री बोक्न प्रयोग गरिएको ८ लाख बराबरको सवारी साधन (छोटा हात्ती) र ९ लाख बराबरको अर्को सवारी साधन (छोटा हात्ती ) सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । 

 बरामद गरिएको सामग्री मध्ये माछाको भुरा नष्ट गरिएको छ साथै चिनी र सुर्ती भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

उक्त परिमाणका अवैध मालसामान बोक्न मे १ च ५३२९, मे १ ज १९०८ नम्बरका सवारी साधनहरू ( छोटा हात्ती ) तस्करहरूले प्रयोग गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ