arrow

प्रिन्स ह्यारी भन्छन्- राजपरिवारमा हुर्कनु चिडियाखानाभित्र भए जस्तै थियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
harry-meghan1.jpg

काठमाडौँ । प्रिन्स ह्यारीले राज परिवारमा आफू पीडा र कष्टको चक्रमा फसेको बताएका छन् । सीएनएनमा जनाइए अनुसार उनले राजपरिवारमा हुर्कनु चिडियाखाना भित्र भएको जस्तै रहेको बताएका छन् ।

आफ्ना पीताले पनि यस्तो पीडा र कष्ट सहेको हुनसक्ने तर आफूले भने त्यो चक्रलाई तोडेको उनले बताएका छन् । यसबाहेक प्रिन्स ह्यारीले आफ्ना बुबाले आफूलाई हुर्काएको विषयमा समेत आलोचना गरेका छन् ।

यद्यपि, जसरी आफ्ना बुवालाई हुर्काइएको थियो त्यसरी नै बुबाले आफूलाई हुर्काएको उनको बुझाइ छ । बेलायती राजपरिवार त्यागेका प्रिन्स ह्यारी हाल अमेरिकामा बस्दै आएका छन् । राजपरिवार त्यागेयता उनी धेरै नै चर्चामा रहँदै आएका छन् ।



लोकप्रिय समाचार
नयाँ