arrow

मदन-आश्रितको सपना पूरा गर्न अहंकार, गुटगत र एकताविरोधी प्रवृत्ति त्यागौं: नेता नेपाल

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
madhav-kumar-nepal_1617970427.jpg

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले जननेता मदन भण्डारी र जीवराम आश्रितको सपना पूरा गर्न भएपनि सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

नेता नेपालले देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै मदन-जीवरामको सम्मान हुने औंल्याएका हुन् । उनले भने,‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिड्ने प्रण गरौं ।’

२८औं मदन-आश्रित स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै जारी गरिएको सन्देशमा नेता नेपालले लेखेका छन्,–अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन ।’

आजको सन्दर्भमा एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको औल्याउँदै नेता नेपालले भने, ‘एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सकेमात्रै उहाँहरुले देखेको सुन्दर सपना साकार पार्न सक्नेछौं ।’

नेता नेपालले मदन-आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआउनु रघटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले घटनालाई झनै रहस्यमय बनाएको पनि बताएका छन् । उनले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

महामारीको विषम परिस्थितिमा सबैसँग आवश्यक सहकार्य गर्दै सम्पूर्ण शक्ति र संयन्त्र कोरोना विरुद्धको लडाईंमा परिचालन गर्न पनि नेता नेपालले सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्तिलाई अपिल समेत गरे । 



लोकप्रिय समाचार
नयाँ