मेस्सीको गोलले पनि पार नलागेको बार्सिलोना, सकियो उपाधि होड
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
211
Shares
काठमाडौं । स्पेनिश क्लब बार्सिलोना यसपटकको स्पेनिश ला लिगा फुटबलको उपाधि जित्न असफल भएको छ । खराब प्रदर्शन जारी राखेपछि बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।
आइतबार राति घरेलु मैदानमै सेल्टा भिगोसंग पराजित भएसँगै बार्सिलोनाको उपाधि होडबाट सकिएको हो । सेल्टा २–१ गोल अन्तरले विजयी भयो ।
प्रारम्भिक अग्रता लिएर पनि बार्सिलोनाले जित्न सकेन । २८ औं मिनेटमा कप्तान लियोनल मेस्सीको हेड गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।
तर ३८ औं मिनेटमै सान्टी मिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ उनै मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टालाई जित दिलाए ।
८३ औं मिनेटमा क्लेमेन्टले दोहोरो पहेंलो कार्ड खाएपछि बार्सिलोना थप मारमा पर्यो । त्यसकै असरले ८९ औं मिनेटमा गोल खायो ।
यो हारसँगै एक खेल खेल्नुअघि नै बार्सिलोनाको उपाधि होड सकिएको हो ।
अंक तालिका
अन्तिम चरणको खेल खेल्न बाँकी रहँदा एथलेटिको उपाधि नजिक छ । उसले अन्तिम खेलमा रेलिगेशन क्षेत्रको रियाल भल्लाडोलिडसँग खेल्दैछ । उसको ८३ अंक छ ।
दोस्रो स्थानको रियाल मड्रिडले भिल्लारियलसँग खेल्दैछ । उसको ८१ अंक छ । कमजोर टिमसँग अन्तिम खेल खेल्दै गर्दा एथलेटिको मड्रिडले उपाधि जित्ने पक्का जस्तै छ ।
डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले खेल हार्दा पनि दोस्रो स्थान सुरक्षित राखिसकेको छ ।
तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक मात्र छ । अन्तिम खेलमा आइबारसँग उसकै मैदानमा खेल्देछ । यो खेल जित्ने पनि निश्चित छैन ।
आइबार लिगको पुछारमा छ । रेलिगेशनमा पर्ने अहिलेसम्म एकमात्र टिम पनि हो । तर यो खेल हार्दा बार्सिलोनाको तेस्रो स्थान पक्का हुने सम्भावना कम छ ।
चौथो स्थानको सेभियाको ७४ अंक छ । सेभियाले अन्तिम खेलमा डेपोर्टिभो अलाभेससँग खेल्न बाँकी छ ।