arrow

छोरा गुमाएको हप्ता दिनमा संक्रमणबाट बाबुको पनि निधन

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
covid-test-positive-corona_1618150029.jpg

झापा । दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट झापा जिल्लाको भद्रपुर नगरपालिकाका एकै परिवारका बाबु छोराको ज्यान गएको छ । कोरोना संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि बुबाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 भद्रपुर नगरपालिका वडा न  ४ निवासी ७६ वर्षीय सुरेनचन्द्र राजवंशीको कोरोना संक्रमणबाट मङ्गलवार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् । परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको  शुक्रवार मेची अञ्चल अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो।

पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आए पश्चात्  उनी होम आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमै रहेको अवस्थामा आज  मङ्गलवार  उनको मृत्यु भएको हो ।

मृतक सुरेनचन्द्रका छोराको  पनि गत वैशाख २८ गते कोरोनाकै कारण मृत्यु भएको हो  । वैशाख २८  गते उनका ४८ वर्षीय  छोरा अनुप राजवंशीको पनि कोरोना भाइरस संक्रमणका  कारण मृत्यु भएको थियो ।

एक साता होम आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको थियो । उपचारका क्रममा उनको मेची कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
नयाँ