arrow

सङ्क्रमणका कारण झापामा थप ७ जनाले गुमाए ज्यान 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ ५ बुधबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । दोस्रो लहरको कोरोनाका कारण झापामा बुधवार थप ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमा परि झापा जिल्लाभर ज्यान गुमाउनेमा भद्रपुर नगरका ३, अर्जुनधाराका २ , बिर्तामोड र दमकका १-१ रहेका छन् । 

स्वास्थ्य कार्यालय झापाका अनुसार बुधवार जिल्लाभर कोरोनाका २९६ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि हुने मध्ये बुधवार सबैभन्दा धेरै दमक नगरका ८९ जना र बिर्तामोड नगरका ४० जनामा कोरोना भाइरस पुष्टि एको हो । 

 हालसम्म जिल्लाभर जम्मा १ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये दोस्रो लहरमा ६० जनाले ज्यान गुमाएका हुन । दोस्रो लहरमा ज्यान गुमाउनेहरूमा ४० जना पुरुष र २० जना महिला रहेका छन् । 

जस अनुसार झापामा हालसम्मको मृत्युदर १ दशमलव ७८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
नयाँ