विपक्षी दलको बैठक बुढानीलकण्ठमा सुरु : प्रचण्ड, उपेन्द्र र माधव पुगे
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
176
Shares
फाइल तस्बिर
काठमाडौँ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट चालिएको कदमसहित आवश्यक रणनीति तय गर्न विपक्षी दलको बैठक सुरु भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलहरूको बैठक भर्खरै सुरु भएको हो। बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादव बुढानीलकण्ठ पुगिसकेका छन्।
बैठकमा नेकपा एमालेको माधव नेपाल समूहलाई पनि बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रक्रिया नाघेर संविधानको धारा ७६ (५) मा पुगेपछि विपक्षी दलहरू आक्रोशित बन्दै आइरहेका छन्।
आजै केही बेरअघि बसेको काँग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको स्प्रीट लाई कुल्चने काम गरेको निष्कर्ष निकालेको थियो। सो बैठकले वैकल्पिक सरकार गठनका लागि सबै विकल्प खुला गर्ने निर्णयसमेत गरेको थियो।
सोही अनुसार अहिले अन्य दलहरूसँग काँग्रेसको छलफल सुरु भएको काँग्रेस सह महामन्त्री डा. प्रकाश सरण महतले जानकारी दिएका हुन्।