अमेरिकाद्वारा नेपाललाई दिइएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
352
Shares
काठमाडौं । अमेरिकी नागरिकहरुकोतर्फबाट नेपाललाई उपलब्ध गराउने आपतकालिन स्वास्थ्य सामग्री बोकेको पहिलो जहाज नेपाल आइपुगेको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी)मार्फत उक्त सामग्री नेपाल आइपुगेको हो ।
यसले नेपाली जनताहरुलाई कोरोना भाइरसको सङ्क्रमण (कोभिड१९)विरुद्धको लडाइँमा सहयोग पुर्याउने विश्वास युएसएआइडीले व्यक्त गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणको उच्च बिन्दुमा यति बेला नेपाल रहेको छ । यस्तोमा विभिन्न देशबाट सहयोग सामग्री उपलब्ध भइरहेको छ ।