काठमाडौं । राष्ट्रपति कार्यालयले हटाएका पछिल्ला विवादित विज्ञप्ति फेरि कार्यालयको वेबसाइटमा राखेको छ । शुक्रबार मध्यरातपछि राखिएका विवादित निर्णयका विज्ञप्ति शनिबार बेलुका हटाएको राष्ट्रपति कार्यालयले आइतबार बिहान कार्यालय समयमा फेरि राखेको हो ।
कार्यालयले वेबसाइटबाट प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेको तथा नेपालको संविधानको धारा ७६ (५) अनुरुप सरकार गठनको आह्वान भएका विज्ञप्ति हटाइएको थियो ।
अहिले ती विज्ञप्तिहरु फेरि वेबसाइटमा राखिएको छ । https://president.gov.np/
यी समाचार पनि पढ्नुहोस्–