काठमाडौँ । राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गर्न खोज्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनमा ज्यान गुमाएकी सविता भण्डारीमाथि घरेलु हिंसा भएको भन्दै छानबिनको मागसहित राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी भइरहँदा प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सावित्री सुवेदी, शीतल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जना छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले १३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
वैशाख पहिलो साता सविताको निधन भएको थियो । उनको हत्याको आका हुँदै आइरहेको छ । हत्या आरोपमा पक्राउ परेका उनका ससुरा र श्रीमान् भने धरौटीमा रिहा भइसकेका छन् ।