नेपाललाई अमेरिकाले दियो एक हजार थान अक्सिजन सिलिन्डर
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
474
Shares
काठमाडौँ। अमेरिकाले युएसएआइडी मार्फत नेपाललाई सहयोग स्वरूप प्रदान गरेको एक हजार थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ। परराष्ट्र मन्त्रालयले ती सिलिन्डरहरू स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको बताएको हो।
अमेरिकाले कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि नेपाललाई विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरू सहयोग स्वरूप प्रदान गर्दै आएको छ। हिजो मात्रै पहिलो कार्गो जहाज नेपाल आइपुगेको थियो।
अमेरिकाले थप दुई कार्गोमा स्वास्थ्य सामग्री नेपाल पठाउने भएको छ। परराष्ट्र मन्त्रालयले थप दुई कार्गो जहाज पनि चाँडै आउने अपेक्षा गरेको छ।