काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे पूर्व सभामुखहरुसँग परामर्श गर्दै छन्। प्रतिनिधि सभा विघटनको निणर्यलाई असंवैधानिक र गलत भन्दै आइरहेका सभामुख सापकोटाले आज दिउसो १ बजे पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका हुन्।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पूर्व सभामुखहरुलाई छलफलका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको जानकारी दिए।