महन्थले उपेन्द्रलाई सोधेपछि महन्थलाई पनि उपेन्द्रको ३ दिने स्पष्टीकरण
महतो, शुक्ल र कर्णलाई पनि काटियो स्पष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
159
Shares
फाइल तस्बिर
काठमाडौँ। जनता समाजवादी पार्टीमा अहिले एकले अर्कोलाई स्पष्टीकरण सोध्ने होडबाजी सुरु भएको छ । सुरुमा महन्थ ठाकुरले उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधे । उपेन्द्र पनि के कम । उनले महन्थलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।
महन्थलाई सोधिएको स्पष्टीकरणमा कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन् भने उपेन्द्रलाई सोधिएको स्पष्टीकरणमा महन्थ आफैले हस्ताक्षर गरेका छन् । महन्थलाई सोधिएको ३ दिने स्पष्टीकरणमा संसद् विघटन गर्ने अलोकतान्त्रिक र प्रतिगमनकारी कदमलाई साथ दिएको, पार्टीको कार्यकारिणी समितिको बैठकलाई बेवास्ता गर्दै आफ्नो गुटको बैठक गरेको, बालकुमारीमा पार्टी कार्यालय हुँदाहुँदै अर्को ठाउँमा गुटको कार्यालय चलाएको, पार्टीको निर्णय विपरीत राष्ट्रपति कार्यालयमा चिठी पठाएको, दुई अध्यक्षले गरेको ८ बुँदे सहमति उल्लङ्घन गरेको, पार्टीलाई आफ्नो पकेट बनाउन खोजेको, पार्टीको निर्णय विपरीत सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई वार्तामा पठाएको, संसदीय दलको विधान नै नबनाई विना आधार राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेको जस्ता आरोप लगाइएको छ ।
अध्यक्ष यादवले राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि ३ दिने स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको ३ दिने म्याद आगामी शुक्रवार सकिँदै छ । अहिलेसम्म दुवै पक्षले स्पष्टीकरणको जवाफ पठाएका छैनन् ।