पोखरा । तनहुँमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १२ धामिकुनाका २५ वर्षका राजु पौडेल रहेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार पौडेल ग१त ६८१८ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका थिए ।
धामिकुनास्थित लिलाचोकदेखि धामिकुनातर्फ जाने क्रममा ट्याक्टरको पछाडि बसेका उनी खसेर गम्भीर घाइते भएका थिए ।
उनको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।