अविरल वर्षाको प्रभाव: तनहुँमा पहिरोमा परी एक जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
589
Shares
पोखरा । अविरल वर्षाका कारण तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १ निर्मलनगरको छाब्दीखोला दोभानमा पहिरोमा परेर एक महिलाको ज्यान गएको छ ।
तनहुँ प्रहरीका अनुसार घर पछाडिबाट खसेको पहिरोले काठको बलो खसेर पुर्दा घाइते ६३ वर्षकी सरस्वती घर्तीको ज्यान गएको हो।उनलाई उपचारका लागि लैजाने तयारी गर्दा ज्यान गएपछि घर फर्काइएको वडाध्यक्ष खरसिङ दरैले जानकारी दिए ।
घर पूर्णरुपमा भत्किए पनि अन्य मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । घरका सदस्य अर्को र वृद्धा फरक कोठामा सुतेका कारण अरु भने बाँच्न सफल भएको डिएसपी तिमिल्सिनाले बताए ।