नयाँ दल्ली। अमेरिकी औषधी कम्पनी फाइजरले कोभिड१९ विरुद्धको खोप सहुलियत मूल्यमा भारतमा उपलब्ध गराउने बताएको छ। अमेरिकी खोप उत्पादन कम्पनीले खुला बजारमा खोप बिक्री गर्ने अनुमान गरिएको बेला फाइजरले भारतमा सहुलियतमा खोप उपलब्ध गर्ने बताएको हो।
भारत सरकारले भने खोप उत्पादनकर्ताहरूलाई आफ्नो मूल्य निर्धारण गर्ने छुट दिएको छ। सरकारको खोप कार्यक्रम अन्तर्गत फाइजरले भारतमा सहुलियत मूल्यमा कोभिड१९ विरुद्धको खोप प्रदान गर्ने कम्पनीका प्रवक्ताले बताए।
यसअघि,फाइजरले बायो एन् टेक कम्पनीसँग सहकार्यमा भारतमा पहिलो पटक आकस्मिक खोप प्रयोगका लागि अनुमति मागेको थियो। तर, स्थानीय परीक्षण नभएको भन्दै भारतले अस्वीकार गरेको थियो।
यद्यपि, हाल भारतमा कोभिड१९ सङ्क्रमण भयावह भइरहेको बेला भारतमा परीक्षण नभएको विदेशी खोप समेत लगाउने सरकारले निर्णय गरेको इन्डियन एक्सप्रेसले जनाएको छ।