भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिटलाई कारवाही गर्न प्रचण्डको माग
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
515
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेका छन्।
प्रचण्डले शुक्रबार विहान सामाजिक संजालमार्फत नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ। हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।’
विहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । उनीहरुले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए।