वामदेवको नजरमा गिरिजा प्रसाद, माधव नेपाल र प्रचण्ड ‘गणतन्त्रका नायक’
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
111
Shares
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रीय अभियानका संयोजक बामदेव गौतमले गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई गणतन्त्रका नायकको संज्ञा दिएका छन् ।
१४औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै गौतमले भनेका छन्,‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो।’
सन्देशमा गौतमले एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा थिए पनि भनेका छन् । उनीहरुको नाम उल्लेख गरेका छैनन् ।
उनले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्ने तत्कालीन बैठकको स्मरण गर्दै‘अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं’ भनेर जानकारी पनि गराएका छन् ।