नयाँ दिल्लीस्थित सैन्य अस्पताल कोभिड अस्पतालमा रूपान्तरण
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
122
Shares
फाइल तस्बिर
नयाँ दिल्ली। भारतमा सेनाले राजधानी दिल्लीस्थित सैन्य शिविर अस्पताललाई कोभिड अस्पताल बनाएको छ। भारतको दिल्लीस्थित शिविर अस्पताललाई सेनाले एक हजार शय्या सहितको कोभिड अस्पताल बनाएको हो।
कोरोना भाइरसको सङ्क्रमण तीव्र भइरहँदा सेनाले सैन्य अस्पताललाई कोभिड बिरामी उपचारका लागि कोभिड विशेष अस्पतालमा रूपान्तरण गरेको हो।
तीन सय पचास बिरामी शय्या क्षमता भएको सैन्य अस्पतालमा कोभिड बिरामीका लागि एक हजार शय्या बनाइएको सेनाले बताएको छ।
अस्पतालमा अक्सिजन क्षमता बढाउने साथै जर्मनीबाट २३ वटा मोबाइल अक्सिजन परिचालन प्लान्ट ल्याइरहेको सेनाले जनाएको इन्डियन एक्सप्रेसले लेखेको छ।