भारतमा ओला कम्पनीले स्कुटर चार्ज गर्न सबैभन्दा तीव्र र बृहत् नेटवर्क सञ्चालन गर्ने
एजेन्सी
प्रकाशित २०७८ जेठ १७ सोमबार
647
Shares
नयाँ दिल्ली। भारतमा विद्युतीय स्कुटर कम्पनी ओलाले स्कुटर चार्ज गर्न तीव्र र बृहत् नेटवर्क सञ्चालन गर्ने भएको छ। ओला कम्पनीले आफ्नो सबै विद्युतीय स्कुटरहरू चार्ज गर्ने व्यवस्था अनुसार ओला हाइपरचार्जर नेटवर्क सार्वजनिक गरेको छ। ओला हाइपरचार्जर नेटवर्कले तीव्र गतिमा १८ मिनेटमा ५० प्रतिशत स्कुटर चार्ज गर्ने छ। यसरी चार्ज हुँदा.यसले ७५ किलोमिटरसम्म स्कुटर गुड्ने ओलाले बताएको छ।
साथै, ओला हाइपरचार्जर नेटवर्कले पहिलो एक वर्षमा भारतका विभिन्न एक सय सहरहरूमा पाँच हजार स्कुटर चार्जिङ पोइन्ट सञ्चालन गर्ने तथा आगामी पाँच वर्षमा चार सय सहरहरूमा एक लाख चार्जिङ पोइन्ट स्थापना गर्ने बताएको छ।
यो नेटवर्क विश्वमै तीव्र र बृहत् रूपमा स्कुटर चार्ज गर्ने नेटवर्क हुने अपेक्षा गरिएको छ। स्कुटर चार्ज गर्ने यो सेवा केही महिनामा सञ्चालनमा ल्याइने ओला कम्पनीले बताएको द हिन्दु बिजनेस लाइनले लेखेको छ।