चीनले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल आइपुग्यो
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
102
Shares
काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोपमध्ये आठ लाख डोज नेपाल आइपुगेको छ।
मंगलबार नेपाल वायु सेवा निगमको जहाजले बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो। खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।