arrow

नेपालगन्जको सीमा नाकाबाट १८० थान मोबाइल सेट बरामद 

logo
सौरभ गिरी,
प्रकाशित २०७८ जेठ १९ बुधबार
apf-capture-mobile-bake.jpg

नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगन्जको सीमा नाकाबाट सशस्त्र प्रहरीको कडा निगरानीका कारण ठुलो परिमाणमा मोबाइल सेटहरू बरामद गरेको छ।

सशस्त्र प्रहरीको जयसपुर बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राइको कमान्डको टोलीले भारतबाट लुकाइछिपाई ल्याइरहेको अवस्थामा बुधवार बिहान ४ बजे नेपालगन्ज १६ जयसपुरबाट १८० पिस आइटेल कम्पनीको सादा मोबाइल सेट बरामद गरेको हो सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका मोबाइलको मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको छ।  बरामद गरिएका मोबाइल सेटहरूलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
नयाँ