भारतमा २१ करोड ८५ लाख बढीले लगाए कोरोना विरुद्धको खोप, संक्रमित घट्दै
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
102
Shares
तस्वीर– भारतको केरलमा बुधबार विशेष क्याम्प आयोजना गरी अपांगता भएकाहरुलाई खोप लगाइँदै ।
काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २१ करोड ८५ लाख ४६ हजार ६६७ जनाले खोप लगाइसकेका छन् । बुधबार मात्रै एकै दिन २५ लाख २९ जनाले खोप लगाएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बुधबार २ लाख ११ हजार ७५० जनालाई निको भएको छ । मंगलबार २ लाख ३१ हजार २७७ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो ।
अहिलेसम्म भारतमा २ करोड ६३ लाख ८२ हजार ८९७ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । बुधबार १ लाख ३३ हजार ९५३ जना संक्रमित थपिएका छन् ।
मंगलबार १ लाख ३३ हजार ४८ जना संक्रमित थपिएका थिए । भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८३ लाख ६ हजार ८८३ जना संक्रमित पुगेका छन् ।
बुधबार २ हजार ८९७ जनाको ज्यान गएको छ । मंगलबार ३ हजार २०४ जनाको ज्यान गएको थियो । सोमबार २ हजार ७८१ जनाको ज्यान गएको थियो ।
१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । योसँगै भारतमा अहिलेसम्म ३ लाख ३८ हजार १३ जनाको ज्यान गइसकेको छ ।
सक्रिय संक्रमित घटेर १७ लाखमा झरेका छन् । हाल १७ लाख ८ हजार ७१६ मा पुगेका छन् ।