काठमाडौं । नेकपा एमाले भित्रको असन्तुष्ट समूह मानिएको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी छ ।
बैठकमा पार्टी एकताका पक्षमा आवाज उठाउँदै आएका युवा नेताहरु योगेश भट्टराइ र गोकर्ण विष्ट पनि सहभागी भएका छन् ।
भर्चुअल माध्यमबाट जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी नीतिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
एमालेको संस्थापन पक्षले भने नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन नेताहरुलाई निर्देशन दिएको थियो । संस्थापन एमालेले नेपाल समूहको बैठकलाई अनाधिकृत भनेको छ ।