पार्टी एकता प्रयास जारी रहेको भन्दै एमाले स्थायी कमिटी बैठक स्थगित
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
73
Shares
काठमाडौं । माधव नेपाल पक्षसँग एकताका लागि वार्ता भइरहेको भन्दै नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
विहीबार दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना निकालिएको छ ।
कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा बैठक स्थगित भएको हो ।
नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग एकताका लागि वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।